रोहिणीमा १५ हजार घुससहित प्रहरी हवल्दार अख्तियारको फन्दामा

Ujyalosandeshonline 11144+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित सेमरहवाबाट १५ हजार रुपैयाँ घुस रकमसहित एक प्रहरी हवल्दार अख्तियारको फन्दामा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नवलपरासी (सुस्ता पश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्कालाई पक्राउ गरेको हो । 

भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार