मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही र दाङ फाइनलमा

Ujyalosandeshonline 12676+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

भैरहवा । रुपन्देही र दाङ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा फाइनल प्रवेश गरेका छन् । छनोटअन्तर्गत शनिबार भएका दुई सेमिफाइनल खेलमा रुपन्देहीले बर्दियालाई १ सय ४२ रन र दाङले पश्चिम नवलपरासीलाई ८ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यी दुई टिमबीच आइतबार उपाधिका लागि स्पर्धा हुनेछ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ४१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रशन केसीले ४८, कृष्ण कार्कीले ४२, मनिष थापाले ३०, प्रज्वल थापाले २०, देव खनालले १९, मिर्नाल गुरुङले १६ र सन्देश थापाले १५ रनको योगदान गरे । बलिङमा बर्दियाका निर्मल गुरुङले ३, नितेश न्यौपाले र आकाश खत्रीले २–२ तथा सौगात खत्री र ट्राभिस जैशीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बर्दिया ३२ ओभर ५ बलमा ९९ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका अजय चौहान र विप्रशन केसीले ३–३, रमेश कुर्मीले २ तथा कृष्ण कार्की र सन्देश थापाले १–१ विकेट लिए । बर्दियाका नितेश न्यौपानेले २५, ट्राभिस जैसीले १५ र सौगात खत्रीले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमको फाइनल यात्रा टुंगियो । खेलमा विप्रशन केसी प्लेयर अफ द म्याच भए ।

यस्तै, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको नवलपरासीले निर्धारित ५० ओभरमा २७ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ८० रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा दाङका शुभम खनालले ४, दिनेश बोहराले ३, बीरबहादुर घर्तीले २ तथा राजकुमार कुमालले १ विकेट लिए । नवलपरासीका जितेन्द्र साहनीले १९, रन्जित खत्री खड्काले १४ र इकलाख वारिसले १२ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा टिमले हार व्यहोर्यो ।

प्रतिउत्तरमा झिनो लक्ष्य पछ्याएको दाङले ११ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ८१ रन बनाउँदै जित निकाल्दै फाइनल पुग्यो । उसको जितमा दिनेश बोहराले अविजित ३२ र सुशान्तसिंह थापाले नटआउट १९ रनको योगदान गरे । बलिङमा नवलपरासीका ओमकार यादव र करण विकले १–१ विकेट लिए । खेलमा दाङका दिनेश बोहरा प्लेयर अफ द म्याच भए ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल भएको हो । प्रतियोगिताबाट प्रत्येक जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरी लुम्बिनी प्रदेशको एउटा टिम बनाइने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार