मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘आर्थिक विकासका लक्ष्य परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक’

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ जेठ २०८१, आइतबार

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकास, समृद्धि र विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् । 

आइतबार काठमाडौंमा भएको ‘वर्तमान वैश्यिक परिदृश्यमा ज्ञान परम्परा नेपाल–भारतको सांस्कृतिक सन्दर्भ’ विषयक दुई दिवसीय संगोष्ठीमा उनले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहनका साथै विकास लक्ष्यहरूको परिपूर्तिका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए ।

उनले भने,‘सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच आवश्यक रहन्छ । नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक छ ।’

उनले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको भन्दै नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार