मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बक्यौता रकम किस्ताबन्दीमा बुझाउन विद्युत प्राधिकरणको आव्हान

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसवापत्को बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ ।

डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो । प्राधिकरणले तिर्न बाँकी बक्यौता रकम बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिन भनेको छ ।

प्राधिकरणको १६ पुसमा बसेको बैठकले प्राधिकरणका विभिन्न संरचनाबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूले तिर्न बाँकी रहेको बक्यौता किस्ताबन्दीमा तिर्न पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको थियो । त्यहीअनुसार प्राधिकरणले मंगलबार सूचना निकालेर यस्तो आह्वान गरेको हो ।

‘विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ ।

डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ । जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन् ।

यससम्बन्धी विवाद सुल्झाउन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत चासो दिएका छन् । सोमबार मात्रै प्रधानमन्त्री दाहालले महसुस पनि उठ्ने, र उद्योगहरू पनि बन्द नहुने गरी समन्वय गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार