मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्छ : मन्त्री भण्डारी

Ujyalosandeshonline 12431+ समाचार ( )
९ माघ २०८२, बिहीबार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन मागमा आधारित श्रमको विकास गर्नुपर्न बताउनुभएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको २४औँ साधारणसभामा उहाँले देशमा बढ्दो वैदेशिक व्यापार घाटामा कमी ल्याउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

नेपालमा उत्पादित सामग्रीलाई विदेशी बजारमा निर्यात गर्ने उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री भण्डारीले विश्वबजारमा नेपाली सामग्रीलाई चिनाउनेगरी गुणस्तरीय वस्तु उत्पादन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । स्वदेशी उत्पादनलाई वृद्धि, बजार व्यवस्थापन तथा उद्योग व्यवसायको प्रवर्द्धनमा निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने बताउँदै उहाँले ठूलो परिमाणमा रोजगारी सृजना गर्ने उद्योगलाई आवश्यक परेका नीतिगत समस्या तुरुन्तै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

श्रम मन्त्रालयमा केही सुधारका काम प्रारम्भ गरिएको बताउँदै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रमा सर्वसाधारण नागरिकलाई ठगी गर्ने मेनपावर कम्पनीको अध्ययन भइरहेकाले उनीहरूलाई चाँडै नै कडा कारबाही गरिने जानकारी दिनुभयो । मुलुकमा समग्र मागको करिब ८० प्रतिशत जुत्ता तथा चप्पल स्वदेशमै उत्पादन हुने जनाइएको छ । एसोसिएसनले सुरज बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार