सात हजार घूस लिएको आरोपमा सहायक वन अधिकृतविरुद्ध मुद्दा

Ujyalosandeshonline 11162+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

बाँके । बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग ७ हजार रुपैयाँ घूस लिएको अवस्थामा उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सहायक वन अधिकृत  पार्धेलाई नियन्त्रणमा लिएको हो ।  

उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै जरिवाना र सजाय मागदाबी लिइ मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार