मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नया वर्षको शुभकामना : प्रचण्ड

Ujyalosandeshonline 11566+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा  शुभकामना दिदैँ उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन् । 

उनले भने,‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र हो भन्ने तथ्य स्पष्ट नै छ । नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्। यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ ।’

उनले संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति प्रश्न उठाउन खोजेको भन्दै सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता रहेको पनि बताए । उनले भविष्य पछाडि फर्केर नभई अगाडि बढेर मात्र उज्यालो भन्दै भने, ‘देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरु अघि बढाऔं। आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जना गरौं ।’ अध्यक्ष प्रचण्डले उन्नत र समृद्ध राष्ट्र निर्माणको लागि एकतावद्ध भएर अघि आह्वान समेत गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार