मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

यशोधरा गाउपालिकाका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल

Ujyalosandeshonline 12676+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

नारद कोहार

कपिलवस्तु । शीत लहरसंगै जाडो बढ्दै गएपछि कपिलवस्तुको यशोधरा गाउपालिकाका ४ सय ८० बिपन्नलाई न्यानो कम्मल बाडिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यको पहलमा पालिका भित्र रहेका ८ वडाका अति बिपन्नको नामावली छनौट गरी कम्मल बाडिएको हो ।

ईस्लामिक रिलिफ नेपालको सहयोग र लिडो नेपालको समन्वयमा यशोधरा गाउपालिका वडा नम्बर ४ अम्लोनाहामा मंगलवार कम्मल बाडिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले बिपन्नलाई कम्मल हस्तान्तरण गरेका थिए ।

सो अवसरमा उनले जडो बढे पछि समस्यामा परको अति बिपन्न परिवारलाई राहत दिने उद्देश्यले कम्मल बाडिएको बताए । उनले अहिलेको लागि सिमित ब्यक्तिहरुको लागि मात्र कम्मल बाडिएको र आफुले थप कम्मलका लागि पहल गर्ने बताए ।

मन्त्री आचार्य कै पहलमा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद आचार्यको क्षेत्रमा पर्ने कपिललस्तु, महराजगंज र बुद्धभुमी नगरपालिकामा समेत बिपन्नलाई कम्मल बाडिने कार्यक्रम छ ।

समाज कल्याण परिषदका निर्देशक तथा योजना प्रमुख रामराज भट्टराईले जाडो बढे पछि बिपन्नलाई न्यानो सिरक र कम्मल बितरणका लागि दाताहरुको खोजी गरी कार्यक्रम अघि बढाइएको बताए । उनले न्यानो कपडा बितरणका लागि दाताहरुको खोजी गर्ने कार्य जारी रहेको बताए ।

सो अवसरमा लिडो संस्थाका अध्यक्ष तथा पुर्व सांसद अतहर कमालले मन्त्री आचार्यको पलहमा गरिएको यो रचनात्मक कामले जडोयाममा केही बिपन्नहरुले राहत पाएको बताए । उनले यस्तो कार्यक्रम जिल्लाभर संचालन गर्नु पर्ने बताए । चिसो अत्यधिक बढेका बेला न्यानो कम्मल पाए पछि बिपन्नहरु खुशी बनेका छन । उनीहरुले सरकारले सबै बिपन्नलाई जाडोयाममा राहत मिल्ने किसिमको सेवा सुबिधा दिनु पर्ने माग गरे ।

लिडो संस्थाका अध्यक्ष कमालको अध्यक्षता, मणि प्रसाद गैह्रेको संचालनमा भएको कार्यक्रममा यशोधरा गाउपालिकाका पुर्व अध्यक्ष गिरीजेश कुमार पाण्डेय लगायतले मन्तब्य दिएका थिए । पालिका भित्र रहेको ८ वटा वडामा रहेका अति बिपन्न, असहायका सुची संकलन गरी ४ सय ८० जनालाई कम्मल बाडिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार