मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

स्रोत नखुलेको २४ लाख बढी रकमसहित भारतीय युवा पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
१२ माघ २०८१, शनिबार

भैरहवा । सशस्त्र प्रहरीले रूपन्देहीमा स्रोत नखुलेको २४ लाख बढी बरामद गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, डण्डा क्षेत्रबाट रकम बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पी.) डण्डाको चेकप्वाइन्टमा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले उक्त रुपैयाँ बरामद गरेको हो ।

बरामद गरिएको रकमसहित भारतको महाराजगंज, नौतनवा ग्रामपंचायत वडा नम्बर ४, नौतनवा बस्ने २३ वर्षिय अभिषेक अग्रहरी र स्कुटर पनि नियन्त्रणमा लिइएको छ । एसपी थापा मगरले स्कुटरको मूल्य १ लाख ५० हजार कायम गरिएको बताए ।

बरामद नगद, स्कुटर तथा मानिसलाई नियन्यत्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।लु ९२ प ३५४६ नम्बरको स्कुटरमा सवार व्यक्तिको शरीर तथा सवारीसाधन चेकजाँच गर्दा २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र भारतीय १ हजार ५ सय ४० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले नियमित चेकजाँचका क्रममा स्रोत नखुलेको रकम बरामद गरिएको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार