मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अलैंचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

Ujyalosandeshonline 12437+ समाचार ( )
तस्बिर : कोकिला ढकाल
१९ श्रावण २०८१, शनिबार

इलाम । इलामको फिक्कलस्थित अलैंची विकास केन्द्रले बितेको वर्ष अलैंचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ । 

देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए । केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैंची बिरुवा लगिएका छन् । केन्द्रले रामसाही र गोलसाही जातको अलैंचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए ।

अलैंची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैंचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ ।

‘पछिल्लो समय अलैंची (फल)को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् । अलैंची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ । गएको आर्थिक वर्ष ०८०।०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैंची निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैंची खेती भएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार