मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'अपरेटिङ बेस' राख्ने तयारी गर्यो

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

भैरहवा । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो 'अपरेटिङ बेस' बनाउने तयारी थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन अनुसार निगमले मङ्गलवारदेखि एयरबस ३२० जहाजमार्फत आफ्ना फर्स्ट अफिसर (पाइलट) हरूलाई बेस ट्रेनिङ फ्लाइट सञ्चालन गर्न थालेको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुका अनुसार साउन २७ देखि भदौ ३ गतेसम्म यो प्रशिक्षण उडान सञ्चालन हुनेछ। यसअघि नै निगमले २०८२ मङ्सिर ३ गतेदेखि लागू हुने गरी आफ्ना जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा यस विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरिसकेको निमित्त महाप्रबन्धक श्याम किशोर साहले जानकारी दिनुभयो।

२०२१ सालमा घाँसे मैदानबाट सुरु भई २०२३ सालदेखि आन्तरिक विमानस्थलका रूपमा सञ्चालनमा आएको यो विमानस्थललाई करिब रु ३५ अर्बको लागतमा अन्तर्राष्ट्रिय स्तरको बनाइएको हो। २०७९ जेठ २ गते उद्घाटन गरिएको यो विमानस्थल करिब आठ सय बिघामा फैलिएको छ भने यहाँ तीन किलोमिटर लामो रनवे रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान–अवतरण क्षमता रहेको यस फोर–ई क्याटेगरीको विमानस्थलमा एकैपटक एउटा वाइडबडी र चार वटा न्यारोबडी गरी पाँच वटा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिने सुविधा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार