मुख्य समाचार
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान |

ओमसतियामा नेकपाको एकता तथा सन्देश सभा सम्पन्न, 'लालकिल्ला' जोगाउने उद्घोष

Ujyalosandeshonline 11172+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

रोहिणी । रूपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को गाउँपालिका स्तरीय एकता तथा सन्देश सभा सम्पन्न भएको छ । कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा घोषणा गरिएको वामपन्थी एकताको सन्देश तल्लो तहसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नेकपा केन्द्रीय सदस्य सोनिया यादवले पार्टी एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने र समाजवादी क्रान्तिको आधार तयार गर्ने बताउनुभयो । त्यस्तै, पूर्व राज्यमन्त्री घनश्याम यादवले यो एकता केवल नामको मात्र नभई विचार र संगठनको वास्तविक मिलन भएको बताउँदै ओमसतिया कम्युनिस्टहरूको लालकिल्ला भएको दाबी गर्नुभयो ।

उहाँले पूर्व माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका शक्तिहरू एक हुँदा मधेस–तराईमा संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । चन्नरप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू निर्मल जिसी, देवेन्द्र पाण्डे, शिवकुमार धवल, प्रमोद यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेकपाले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्ला स्तरको एकता समायोजन सक्ने नीति अनुरुप अभियान तीव्र पारिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार