मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


मर्चवार लिफ्ट सिँचाई : ब्लक निर्वाचनमा विवाद, प्रहरी सुरक्षामा राखियो मतपेटिका

हृदयराम गुप्ता 8+ समाचार ( )
८ माघ २०८१, मङ्गलबार

मर्चवार । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको निर्वाचनको पहिलो दिनमै विवाद भएको छ ।निर्वाचनको पहिलो चरण्मा माघ ३ गते ४ वटा ब्लकको निर्वाचन पछि भएको विवादले मतगणना स्थगित भई मतपेटिका प्रहरीको सुरक्षामा राखिएको छ ।

माघ ३ गते सम्पन्न ब्लक नं.१, २, २ बी र २४ बी को मतदानपछि मतगणनाको लागि सहमति जुट्न नसक्दा मतगणना हुन नसकेको निर्वाचन अधिकृत तथा सिँचाई डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर विवेक साहले जानकारी दिए । ब्लक नं.१ मा १ सय १ मत, ब्लक नं. २ मा ८७, ब्लक नं. २बी मा ६६, ब्लाक नं.२४ बीमा ४५ मत गरी कुल २ सय ९९ मतको मतगणना स्थगित गरिएको छ ।संस्थाको ब्लक नं. २४बी का उम्मेदवार राजेन्द्र यादवले खेत नै नभएको ब्यक्तिले निर्वाचनमा मतदान गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘खेत बुवाको नाममा छ, तर छोरा र नातीहरुको नाममा पानी शुल्क भुक्तानी रसिद काटेर फर्जी मातदाता ठड्याइएको छ ।’

आफ्नो खेत बिक्री गरीसकेका व्यक्तिलाई पनि मतदाता बनाइएको उनको आरोप छ । ‘मतदाता नामावलीको हामी पहिलै बिरोध गरेका थियौँ र फर्जी नाम हटाउने भनेका थियौ तर मतदान गर्ने बेलामा सोही फर्जी व्यक्तिहरु मतदान गरेकोले उक्त मतदान प्रति हाम्रो आपत्ती छ’, उनले भने, त्यसैले मतगणनाको लागि असहमत छौँ ।’ त्यस्तै ब्लक नं.२५ मा ७४ जनाको स्थानमा फर्जी रसिद काटेर १ सय ७४ जना मतदाता बनाइएको उनको आरोप छ ।

निर्वाचन प्रकृयामा सहभागी भएका दुई पक्षको सहमति अनुसार निर्वाचन सम्पन्न भएपछि दुई पक्षको विवादका कारण गणना प्रकृया केहीदिनका लागि स्थगित गरिएको निर्वाचन अधिकृत साहले बताए ।

‘निर्वाचनको लागि प्रकाशन भएको नामावली र मतदान प्रक्रियामा पनि दुबै पक्षको सहमतिमा थियो’,उनले भने,‘मतदान पछि मतपेटिका शील गर्न सुरक्षित गर्नपनि दुबै पक्षको सहमती थियो । पछि मतगणनाको बेला दुबै पक्षले अनेक किसिमको आरोप लगाउँदै असहमति जनाएकोले मतगणना हुन सकेन ।’

रात परेपछि मतदाता भन्दा बाहिरको भीडले मतपेटिका जलाउने र मार्ने धम्की दिन थालेपछि तत्कालको लागि मतगणना स्थगित गरी मतपेटिका सुरक्षित तरिकाले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस करौता (दुईमोहान)मा राखिएको निर्वाचन अधिकृत साहले बताए ।

त्यसैगरी सोही दिन ब्लक नं. २४ र ब्लाक नं. २६ मा निर्वाचन सम्पन्न भएको छ ।जसमा सदिक अली मुसलमान र बिरेन्द्र यादव निर्विरोध ब्लक अध्यक्ष भएको निर्वाचन अधिकृत साहले बताए ।

विवादित भई मतगणना स्थगित भएको ब्लक नं. १ मा चिनगुद चौधरी, सुभान खान र स्माइल मुसलमान, ब्लक नं. २ मा इन्ताफ मुसलमान, सुर्यनाथ यादव, ब्लाक नं. २बी मा सुग्रीम यादव, प्रमानन्द चौहान, ब्लक नं. २४बी मा राजेन्द्र यादव र आशिक अली धुनिया प्रतिस्पर्धी रहेको निर्वाचन अधिकृत साहले जानकारी दिए ।

कुल १ सय ३० ब्लक संख्या रहेको मर्चवार लिफ्ट सिंचाई जल उपभोक्ता संस्थामा १ हजार ७ सय १० मतदाता छन्। माघ ३ गते देखि सुरु भएको ब्लकको निर्वाचनपछि मूल समितीको निर्वाचन हुने कार्यालयको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार