मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

एउटा पार्टीले बहुमत ल्याउन गाह्रो छ : देउवा

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । 

आफ्नो पार्टीनिकट नेपाल महिला संघद्धारा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले बहुमत कुनै एउटा पार्टीले ल्याउन गाह्रो रहेको बताएका हुन् । 

उनले भने, ‘नेपाली कांग्रेस देशको लागि लडेको पार्टी, आपसी एकताको कमीका बाबजुद देशको ठूलो पार्टी बनेको छ । बहुमत प्राप्त गर्न सकेको छैन । यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ । नेपालको संविधान समावेशिता र समानुपातिक रुपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन ।’

कांग्रेस महिला सशक्तिकरणका लागि लडेको पार्टी भएका कारण महिला नेतृहरु क्रियाशील भएमा बहुमत ल्याउन सकिने उनले विश्वास दिलाए । त्यस्तै, पूर्वप्रधानमन्त्री देउवाले समावेशिता र लैंगिकताका आधारमा नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गरे ।  

उनले भने, ‘नेपालको संविधान महिला, दलित, जनजाति र पिछडिएका वर्गलाई समेत सम्मान गरि समावेशिताका आधारमा तयार गरिएको छ । जसकारण नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार