मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

शारीरिक रुपमा अशक्तरामकुमारले फुलाए ढकमक सयपत्री

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ कार्तिक २०८१, सोमबार

नुवाकोट । नुवाकोट शिवपुरी गाउँपालिकाका रामकुमार तामाङले फूल खेती गरेको लगभग दुई वर्ष भयो । आफू शारीरिक रुपमा अशक्त भएर पनि चार रोपनी जग्गामा फूल खेती गरेर उनले आयआर्जनको राम्रो स्रोत बनाएका छन् ।

उनले तिहारको लागि भनेर सधैं सयपत्रीको खेती गर्ने गरेको बताए । उनले यसमा सरकारले व्यापारको लागि सहज वातावरण मिलाए राम्रोसँग आम्दानीको स्रोत बन्न सक्ने बताए ।

उनले भने, ‘फूल खेती गरेको त दुई वर्ष भयो । खेत किन बाँझो राख्ने भनेर चार रोपनी जग्गामा फूल खेती गरेको हो । सयपत्री फूल तिहारकै लागि भनेर खेती गर्ने गरेका छौं । अरुबेला खासै काम हुँदैन तर भाइटीकामा धेरै विक्री हुने भएकाले तिहारमै सयपत्री फूलको खेती गर्ने गरेका छौं । काम गरिसकेपछि खर्च निकाल्न परिहाल्यो । एउटा व्यवसाय त गर्नैपर्यो । गतसाल त काठमाडौं लगेर व्यापार गरेका थियौं । तर काठमाडौं लग्दाखेरी व्यापारीहरुलाई जुनसुकै व्यावसायमा पनि सरकारले अलिकति मिलाउन जान्नुपर्यो ।’

साथै उनले भारतबाट फूल आयात हुने भएकाले नेपाली फूल बिक्रीमा असर परेको बताए । उनले हरेक कुरामा भारतलाई प्राथमिकता दिँदा नेपाली उत्पादनहरु विक्री हुन नसकेको गुनासो गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार