मुख्य समाचार
लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर |

भानु माविमा कक्षा ९ का बिद्यार्थी द्वारा कक्षा १० का बिद्यार्थीहरूलाई शुभकामना

Ujyalosandeshonline 12435+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री भानु माध्यमिक बिद्यालयमा कक्षा ९ मा अध्ययनरत बिद्यार्थीहरुले २०८० को एसइइ परीक्षाको तयारीमा रहेका कक्षा १० का बिद्यार्थीहरूलाई परीक्षाको सफलताको शुभकामना ब्यक्त गर्ने कार्यक्रम सम्पन्न गरेका छन ।

कक्षा ९ की कबिता मल्लाहको अध्यक्षता र बिद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा प्रधानाध्यापक मोतीलाल सुबेदीले नगर भित्र सामुदायीक बिद्यालय तर्फ कक्षा १२ को राष्ट्रिय वोर्डको परीक्षामा बिगत ३ वर्षदेखी लगातार उत्कृष्ठ नतिजा ल्याउन सफल भएको बताए । कानून विषयको पढाई हुने एक मात्र बिध्यालय भएको साथै ब्यवस्थापन एवं शिक्षा धारका पढाइ हुने भएकोले कक्षा ११ र १२ पढाइका लागि सबैको रोजाइमा रहेको उनले बताए । एसइइ परीक्षामा राम्रो जीपीए ल्याई सफलता हासिल गर्न उनले शुभकामना दिए ।

कार्यक्रममा सहायक प्रधान अध्यापक महेश प्रसाद गुप्त र शिक्षक पीताम्वर पन्थले शुभकामना मन्तब्य राखेका थिए । कक्षा ९ का साविया खातुन र बीरध्वज वाइवाले संचालन गरेको कार्यक्रममा बिद्यार्थीहरुले शुभकामना आदान प्रदान सगै बिबिध मनोरंजनात्मक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार