मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

अर्घाखाँचीमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, करिब ५१ प्रतिशत मत खस्यो

अनिल नेपाली 141+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

अर्घाखाँची । अर्घाखाँची जिल्लामा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा कुनै पनि अप्रिय घटना विना शान्तिपूर्ण रूपमा मतदान कार्य सकिएको हो।यसपटकको निर्वाचनमा जिल्लामा कुल मतदाताको करिब आधाले मात्र मतदानमा सहभागिता जनाएका छन्। निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लाभर रहेका कुल १ लाख ७१ हजार ६ सय ५२ मतदातामध्ये ८७ हजार ४ सय ५५ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन्। यो कुल मतदाता सङ्ख्याको ५०.९४९ प्रतिशत मात्र हुन आउँछ।

जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएसँगै हाल मतपेटिकाहरू सङ्कलनको कार्य भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार विभिन्न स्थानमा रहेका मतदान केन्द्रहरूबाट कडा सुरक्षा व्यवस्थाका बीच मतपेटिकाहरू जिल्ला सदरमुकाम सन्धिखर्क ल्याउने क्रम अहिले जारी छ। जिल्लाभरका सम्पूर्ण मतपेटिकाहरू सन्धिखर्क आइपुगेपछि आवश्यक तयारी पूरा गरी मतगणनाको थप प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार