मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

प्रचण्ड सरकारमा जाने नजाने टुंगो लगाउन नेकपा एसको सचिवालय बस्दै

Ujyalosandeshonline 11564+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ बनेको सत्ता समिकरणमा सामेल हुने ÷नहुने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । 

आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने वा नहुने विषय मुख्य गरी छलफल गरिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकपछि नै नेकपा एस नयाँ सत्ता गठबन्धनमा जान्छ वा जाँदैन भन्ने टुंगो लाग्नेछ । 

यसअघिको गठबन्धनमा सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागी गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमलेको तीव्र लबिङ गरिरहेका छन्  । मंगलबार दुवै पार्टीका अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर गठबन्धन र सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तिव्र असन्तुष्ट बनेका नेपालले २०७८ भदौमा एमाले फुटाएर एकीकृत समाजवादी पार्टी दर्ता गरे । तत्कालिन गठबन्धन सरकारसँग मिलेर गत चुनाव लडेका नेपाल र ओलीबीच पानी बाराबारको स्थिति थियो । ओलीले मंगलबार दिउँसो फोन गरेर गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह मात्र गरेनन्  नयाँ सत्ता समिकरण बलियो बनाउन हेतु ओली विगतको तिक्तता भुलाएर मंगलबार साँझ दाहालसँग नेपाललाई फकाउन उनको निवास पुगे । 

मंगलबार साँझ भएको तीन शीर्ष नेताहरुको छलफलमा नेपाल सकारात्मक देखिएको बताइएपनि नेकपा एसले सो बारे आजको बैठकमा छलफल गरेर निर्णय गर्ने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार