मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

नेता र दलालहरुले जनताको पसिनामा पौडी खेले : अध्यक्ष केसी

Ujyalosandeshonline 11564+ समाचार ( )
२० जेठ २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारीको रकम अपचलन गर्नेहरुमा सर्वसाधारण नभइ राज्यसत्तामा विराजमान नेताहरु नै संलग्नता रहेको आरोप लगाएका छन् । 

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वसहकारीमन्त्री समेत रहेका सांसद केसीले राज्य सत्तामा बस्ने नेता र तिनको संरक्षणमा रहेका दलालहरुले जनताको पसिनामा पौडी खेलेको बताए । 

उनले भने, ‘सभामुखज्यू, सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जसले पौडी खेलेको छ, त्यस्ता मान्छेलाई कानूनी कारबाही हुनुपर्दछ भन्ने कुराले संसद बन्द भएको हो ? सहकारी मन्त्रालयमा म पनि केही दिन बसेको हुनाले के तितो अनुभव छ भने सहकारीको रकम हिनामिना गर्ने सर्वसाधारण मान्छे होइनन् । ति राज्यसत्तामा विराजमान हुने र तीनको संरक्षणमा वा तीनका दलालहरुबाट सहकारी सञ्चालन गरेर हिनामिना गर्ने हुन् । तीनिहरुलाई मन्त्री र नेताहरुकै संरक्षण हुन्छ ।’सहकारीकै विषयमा लामो समय संसद अवरुद्ध हुँदा खिसिट्युरि  भएको केसीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार