मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सिद्धार्थनगरमा एसईई परिक्षामा १६९६ परिक्षार्थी

Ujyalosandeshonline 11171+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक हजार ६ सय ९६ विधार्थी एसईई परिक्षमा सहभागी हुने भएका छन् । बिहिवार देखि एसईई परिक्षा सुरु हुने भएको छ ।

सिद्धार्थनगरका १० वटा सामुदायिक, २४ वटा संस्थागत र एउटा धार्मिक गरी ३५ वटा विधालयका विधार्थीहरु संचालन हुने परिक्षामा सहभागी हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।

निश्पक्ष र शान्त वातावरणमा परिक्षा संचालनका लागि शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीसगँ निरन्तर समन्वय भइरहेको र प्रश्नपत्र, कापी लगायत सबैको तयारी पुरा भएको जानकारी प्राप्त भएको उनले बताए ।

‘एसईई परिक्षा विधार्थीहरुको उच्च शिक्षा हासिल गर्ने खुड्किलो हो, तसर्थ परिक्षा शान्त र मर्यादित ढंगले हुनेछ’ उनले भने, ‘एक दशक भन्दा लामो समयसम्मको मिहिनेतको परिक्षणको लागि परिक्षामा सहभागी हुने सबै विधार्थीहरुलाई शुभकामना समेत व्यक्त गर्दछु ।’

सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत जानह्वी पाण्डेका अनुसार सामुदायिक विधालय ६ सय ७९ जना र संस्थागत तर्फका एक हजार १७ जना गरी कुल एक हजार ६ सय ९६ विधार्थीहरु परिक्षामा सहभागी हुनेछन् । जसमध्ये ९६ जना ग्रेडवृद्धि र एक हजार ६ सय नियमित तर्फका विधार्थीहरु रहेका छन् ।   

नगरमा रहेको पाँच वटा महात्मा बुद्ध मा.वि., सूसंस्कृत मा.वि., भानु मा.वि, रुपन्देही लिलाराम न्यौपाने मा.वि. र भैरहवा नमुना माध्यामिक विधालय परिक्षा केन्द्र तोकिएको सिद्धार्थनगर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार