मुख्य समाचार
लुम्बिनीको दलित अधिकार ऐनः विपन्नलाई सहुलियतमा खाद्य सामग्र | मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका | बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने | अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन |

मर्चवारलाई लुम्बिनी सर्किटसँग जोड्नेदेखि बॉर्डर विस्तारसम्म: संसद्‌मा सांसद बनियाले राखे विकासको खाका

Ujyalosandeshonline 11524+ समाचार ( )
३० जेठ २०८३, शनिबार

भैरहवा । प्रतिनिधि सभाका सदस्य कन्हैया बनियाले देशमा विभिन्न राजनीतिक व्यवस्थाहरू परिवर्तन भए तापनि आफ्नो निर्वाचन क्षेत्रको विकासको अवस्था अझै सुध्रिन नसकेको भन्दै संसदमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बनियाले देशले राणा शासन, राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको लामो यात्रा तय गरिसक्दा पनि आफ्नो क्षेत्रले अपेक्षाकृत विकासको अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो।

विगतमा क्षेत्रको विकासको अवस्था जस्तोसुकै रहे तापनि वर्तमान नेपाल सरकारले यसपटक आफ्नो क्षेत्रलाई विकासको प्राथमिकतामा राखेको भन्दै उहाँले अबका दिनमा काम हुनेमा आफू शतप्रतिशत ढुक्क र विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।आफ्नो निर्वाचन क्षेत्रको समग्र समृद्धिका लागि विभिन्न रणनीतिक र जनसरोकारका मुद्दाहरू उठाउँदै सांसद बनियाले ऐतिहासिक मर्चवारीमाई मन्दिरको राष्ट्रियकरण गरिनुपर्ने माग गर्नुभयो।

कृषि क्षेत्रको विकास बिना समग्र विकास सम्भव नभएको उल्लेख गर्दै उहाँले स्थानीय किसानका लागि समयमै मलखाद र भरपर्दो सिँचाइको व्यवस्था गर्न तथा क्षेत्रमा भइरहेको अघोषित विद्युत कटौती (लोडसेडिङ) को समस्या तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।

यसका साथै सांसद बनियाले क्षेत्रको पूर्वाधार र सुरक्षा चुस्त बनाउन दमकल खरिद, चार लेन सडक निर्माण, छपिया मत्स्य तथा कृषि हबको उचित व्यवस्थापन, र लुम्बिनी–ककरहवा तथा खैराघाट बॉर्डर विस्तार जस्ता महत्वपूर्ण योजनाहरू अगाडि सारिएको जानकारी दिनुभयो। उहाँले चक्किया घाटमा पुल निर्माण र देउरवा मर्चवारलाई पर्यटकीय क्षेत्र लुम्बिनी सर्किटसँग जोड्ने जस्ता थुप्रै विकासका कार्ययोजनाहरू तयार भइसकेकाले यी सम्पूर्ण योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार