पंजीकरण विभागको बायोमेट्रिक प्रयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु

Ujyalosandeshonline 11175+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

तिलोत्तमा ।नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागको आयोजनामा प्रदेश स्तरिय २ दिने सामाजिक सुरक्षा सम्बन्धी बायोमेट्रिक प्रयोग सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सोमबार शुरु भएको छ । सो प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये ६ जिल्लाको पहिलो दिनमा तालिम शुरु भएको छ भने दोस्रो दिन अन्य ६ जिल्लाका पालिकाका एमआइएस प्रतिनिधीहरुको उपस्थिति रहने मुख्य प्रशिक्षक निर्मल कुमार शर्माले बताउनुभयो। जेष्ठ १४ गते देखि १५ गतेसम्म तिलोत्तमाको पौवा होटलमा हुने तालिममा १२ जिल्लाका २०० बढीको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन गर्दै रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी अर्यालले नेपाल सरकारको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभाग अन्तर्गत सेवाग्राही जनताको लागि प्रमुख भूमिकामा रहेर स्थानिय तहमा कार्य गरेको बताउनुभयो। विभिन्न रुपमा हुने सामाजिक सुरक्षा भत्ताको सकारात्मक प्रभाव र उचित कार्यव्यवस्थापनमा यस्ता तालिमले ठुलो भूमिका खेल्ने उहाँले बताउनुभयो। 

सो अवसरमा बोल्दै कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागका सामाजिक सुरक्षा शाखा निर्देशक शिवराज सेढाईले एमआइएस अपरेटर र फिल्ड सहायकहरुको क्षमता अभिवृद्धि गर्न र स्थानिय तहमा उनीहरुको स्थान र पहिचान सहित सेवाग्राहीको सहजताका लागि तालिमले ठुलो सहयोग गर्ने बताउनुभयो।

ईएफटी सिस्टमसंगै बायोमेट्रिक सिस्टमले सामाजिक सुरक्षा भत्तामा हुने नकारात्मक असरहरुलाई निर्मुल पार्ने र सहज सेवा प्रबाहसंगै नागरिकको लागि उचित ब्यबस्थापन गर्ने गरि प्रणाली लागु गरिएकोले आगामी साउन देखि केहि स्थानिय तह र माग देखि नेपालका सबै स्थानिय तहमा पुर्याउने गरि बायोमेट्रिक प्रणाली शुरु गरिएको बताउनुभयो। 

सो अवसरमा बोल्दै मुख्य प्रशिक्षक निर्मल कुमार शर्माले सबै स्थानिय तहका लाभग्राहीहरुलाई राष्ट्रिय परिचय पत्र भरी बायोमेट्रिक प्रणालीमा सरिक हुन आग्रह समेत गर्नुभयो। उहाँले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्ने र आ-आफ्नो पालिकाका वडा सचिवहरुलाई प्रशिक्षण दिनु पर्ने बताउदै तालिमले असल प्रशिक्षक बन्न सहयोग पुग्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पंजीकरण बिभागका निर्देशक सेढाई, प्रशिक्षक शर्मा सहित उज्ज्वल मिश्र, छबिलाल न्यौपाने, जुना प्रसाद खत्री, प्रमिला घिमिरेको उपस्थिति थियो ।

सो तालिम गण्डकी प्रदेशमा सम्पन्न भएको छ भने लुम्बिनीमा मंगलबार सम्पन्न हुने छ।  सो हि क्रमले हरेक प्रदेशमा सो सम्बन्धी तालिम जेष्ठ महिना भित्रै सम्पन्न हुने प्रशिक्षक तथा एमआइएस टिम लिडर निर्मल कुमार शर्माले बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै