मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विश्वकप खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिजमा : दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

काठमाडौं । भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्ट इन्डिज पुगेका छन् । उनले त्यहाँ आईसीसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत हुने खेलहरुमा नेपाली टिमबाट खेल्नेछन् । 

नेपाल क्रिकेट संघ (क्यान) ले लामिछाने वेस्ट इन्डिज गइसकेको र उनले त्यहाँ हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने जनाएको छ । वेस्ट इन्डिजमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका दुई खेल खेल्दैछ । 

‘सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ,’ क्यानका सचिव पारस खड्काले विज्ञप्तिमार्फत् भनेका छन् । 

लामिछानेलाई टोलीमा समावेश गरेसँगै क्यानले बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखेको छ । यद्यपि क्यानले उच्च अदालत पाटनले मे १५ मा लामिछानेको पक्षमा गरेको फैसलासँगै उनलाई टोलीमा राखेर जिसीलाई रिजर्भमा राखेको दाबी गरेको छ । लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलेको थियो । 

‘नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसामु पेश गरेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ । 

अदालतको फैसलापछि पनि सन्दीपलाई क्यानले स्क्वाडमा समावेश नगरेकामा क्यानको चौतर्फी विरोध भैरहेको छ । तर क्यानले सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको दाबी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार