मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

शक्ति गौचनद्वारा रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ जेठ २०८३, आइतबार

भैरहवा । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रुपन्देही क्रिकेट संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । लुम्बिनी खुकुरी क्लबद्वारा भैरहवामा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले आगामी जेठ २५ गते हुने संघको निर्वाचनमा आफू नेतृत्वको दौडमा रहने औपचारिक जानकारी दिएका हुन् ।

क्रिकेट मैदानमा लामो समय बिताएका गौचनले खेल क्षेत्रमा आफ्नो २५ वर्षभन्दा लामो अनुभव र योगदान रहेको उल्लेख गर्दै त्यसलाई रुपन्देहीको क्रिकेट विकास तथा यहाँ विद्यमान विभिन्न समस्याहरूको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दै उनले भौतिक पूर्वाधार बिना खेलकुदको विकास सम्भव नहुने तर्क अघि सारे । रुपन्देही क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन आफूसँग स्पष्ट र ठोस योजनाहरू रहेको दाबी गर्दै उनले निर्वाचनबाट चुनिएर आएपछि आफ्ना कामहरू छर्लङ्ग देखिने विश्वास दिलाए ।

कुनै समय नेपाली क्रिकेटमा नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्ने प्रमुख केन्द्र हबका रूपमा परिचित रुपन्देहीमा पछिल्लो समय भने सोचे अनुरूपका खेलाडीहरू निस्कन नसकेको प्रति उनले चिन्ता व्यक्त गरे । यो समस्यालाई सम्बोधन गर्न र जिल्लाको क्रिकेट साखलाई फर्काउनका लागि आफ्नो मुख्य ध्यान र प्राथमिकता ‘ग्रासरुट’ अर्थात् तल्लो तहदेखि नै क्रिकेटको विकास गर्ने कार्यमा रहने गौचनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार