मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्न क्रिकेट क्लबको दोस्रो जित

Ujyalosandeshonline 11467+ समाचार ( )
३ जेठ २०८३, आइतबार

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले जित निकालेको छ । उसले बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै जित हात पारेको हो । प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जित हो ।

जितका लागि पाएको १ सय ५८ रनको लक्ष्य मेलवर्नले ३५ ओभर ४ बलमा ४ विकेट गुमाएर १ सय ५९ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा विपिन आचार्यले अविजित ९४ रनको पारी खेले । यस्तै, आदित्य यादवले २३, अर्मन थारुले २० र अशोक धामीले १९ रनको योगदान गरे । बलिङमा बुद्धका विपिन शर्मा, दिलसाद अली, प्रवेज अन्सारी र अमित अग्रहरीले समान १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ३४ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि मिथिलेश यादवले ५६, दिलसाद अलीले ४०, सुरज पौडेलले २९ र विपिन शर्माले ११ रन बनाए । बलिङमा मेलवर्नका अशोक धामीले ५, रमेश कुर्मी, विपिन आचार्य र आरिफ खानले समान १–१ विकेट लिए । खेलमा विपिन आचार्य प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार