मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

‘२९ औं नेल्टा अन्तराष्ट्रिय’ सम्मेलन फागुन १५ देखि

Ujyalosandeshonline 12676+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

काठमाडौं । करिब १ हजार अङ्ग्रेजी भाषा शिक्षक, भाषाविज्ञ र अनुसन्धादाताहरूको सहभागिता रहने २९ औं नेल्टा अन्तराष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ गतेसम्म ललितपुरमा शुरू हुँदैछ । करिब २० देशबाट प्रतिनिधत्व रहने उक्त सम्मेलनको नेपाल सरकारका उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने आयोजक नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) ले पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  

पत्रकार सम्मेलनमा बोल्दै नेल्टा अध्यक्ष प्राध्यापक डाक्टर लक्ष्मण ज्ञवालीले ललितपुरको हातिवनस्थिति लिटिल एन्जल्स स्कुलको सभाहलमा उक्त सम्मेलन आयोजना हुने बताए । उनले विदेशी प्रतिनिधिहरूको आगमन मङ्गलबारदेखि नै हुने बताए ।

‘मेसिन, मानवता र भाषाः अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू’ हामी यसपटकको सम्मेलन यही मूल विषयमा केन्द्रित भएर छलफल गर्दैछौं’ अध्यक्ष ज्ञवालीले पत्रकारहरूसँग भने । उनका अनुसार सम्मेलनमा नेपाल लगायतका अन्तराष्ट्रिय विज्ञहरूको अङ्ग्रेजी शिक्षा, व्याबहारिक भाषा विज्ञान र विभिन्न विषय बस्तु र क्षेत्रहरू गरी २ सय भन्दा प्रस्तुतिहरू रहने छन् ।

सम्मेलनमा नेपाल लगायत बेलायत,  संयुक्त राज्य अमेरिका,  जापान,  सिंगापुर,  मलेसिया,  भारत,  इन्डोनेसिया, बङ्गलादेश,  थाइल्यान्ड, रुस,  मङ्गोलिया, श्रीलङ्का र  नेपाल देशका मुख्य वक्ताहरू, विशेष वक्ताहरू र प्यानलिस्टहरू गरी १ हजार भन्दा बढी सहभागी हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेल्टाका केन्द्रीय उपाध्यक्ष डाक्टर भीम गौतमले नेपालका तर्फबाट प्राध्यापकहरू तीर्थराज खनिया, जयराज आचार्य, लक्ष्मण ज्ञवाली लागयतले कि नोट स्पिकरका रूपमा सहभागी हुने बताए । गौतमका अनुसार सो अवसरमा ’नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षाबारे पुनरविचारः नेपालको बहुभाषिक शिक्षा व्यवसथापन’ शीर्षकमा समेत छुट्टै प्यानल आयोजना हुने छ ।

महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेल्टाका पूर्व अध्यक्षहरू प्राध्यापक मोतिकला देवान सुब्बा, हेमन्तराज दाहाल र महासचिव अशोक सापकोटाले २९ औं सम्मेलन अवधिभरका विभिन्न गतिविधिबारे जानकारी गराका थिए । आयोजकका अनुसार उक्त अवसरमा सङ्गोष्ठि, अन्तक्र्रिया, पोष्टर प्रदर्शनी र कविता सत्र जस्ता कार्यक्रमहरू नेल्टा २९ औं अन्तराष्ट्रिय सम्मेलनमा समावेश हुनेछन् ।

‘स्लाम पोएट्री’ सेसनमा प्राध्यापक विष्णु एस राई, कवि मोमिला जोसी र नवराज पराजुलीले रचना वाचन गर्नेछन् । सात वटा प्रादेसिक समिति र ६० जिल्लामा शाखा विस्तार गरिएको नेल्टा सन् १९९२ मा स्थापित भएको संस्था हो । 

करिब ५ हजार पाँच सय आजीवन सदस्य रहेको यस संस्थाले अमेरिका, भारत, चीन, बेलायत, पाकिस्तान, बङ्गलादेश, मलेसिया, जापान, इजिप्ट, सिङ्गापुर, मङ्गोलिया, स्पेन, रूस, कोरिया लगायतका देशहरूमा भाषा सम्बन्धि कामगर्ने संस्थाहरुसँग सहकार्य गर्दै आएको आयोजकले पत्रकार सम्मेलनमा जानकरी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार