मुख्य समाचार
गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म | धौलागिरिका घुम्ती गोठ सङ्कटमा |

कांग्रेस संविधान संशोधनको पक्षमा : उपप्रधानमन्त्री खड्का

Ujyalosandeshonline 11563+ समाचार ( )
५ पौष २०८०, बिहीबार

जनकपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले उठाएका माग सम्बोधनका लागि कांग्रेस संविधान संशोधनको पक्षमा रहेको बताएका छन् । 

नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनलाई बिहीबार जनकपुरमा सम्बोधन गर्दै विगतमा गरिएको संविधान संशोधनको प्रयास एमालेका कारण विफल भएको आरोप उनले लगाए । 

संविधानको रक्षा गर्न मधेसले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्न आवश्यक रहेको बताएका उनले भने, ‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ ।’

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको बताएका उनले   कांग्रेस संविधान संशोधनको पक्षमा रहेको भन्दै आश्वस्त पार्न खोजे ।  

उनले भने, ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौं । एमालेका कारण संसद्मा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ ।’वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा रहेको पनि उनले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार