मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

तीनवटा भारतीय कारसहित चालकहरु प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 11171+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापा । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदैगर्दा उनीहरु पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कारबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार एकस मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।

बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन् । प्रहरीले बरामद गरेको कारको मूल्य अन्दाजी २४ लाख मुल्यांकन गरेको छ । कारसहित कपडाको मुल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा भारतीय कार चालक भारतको पानीट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

पक्राउ परेको कारसहित भारतीय नागकिरलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार