भिनाजुले गरे सालोको हत्या

Ujyalosandeshonline 11146+ समाचार ( )
३० जेठ २०८२, बिहीबार

रामेछाप । रामेछाप नगरपालिका–४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । कोठामा एक्लै बसी रहेको अवस्थामा लबकुमारका भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिए । 

घटनाको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली खटिएको थियो । घटनापछि भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिए । 

आरोपीलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराई १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । घटना गराएको स्वीकार गरेका भए पनि के करणले सो घटना गराएका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै