मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बूढीगण्डकी कोरिडोर निर्माणको सुनिश्चितता गर्न माग गर्दै प्रधानमन्त्रीलाई बाबुरामले बुझाए ज्ञापन पत्र

Ujyalosandeshonline 11540+ समाचार ( )
१५ असार २०८१, शुक्रबार

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका छन् । 

अध्यक्ष भट्टराईले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै भदौ मसान्तसम्म आयोजना निर्माणको सुनिश्चितता गर्नका लागि सरकारलाई अल्टिमेटम दिएका हुन् । 

बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनालाई सरकारमा आउनेहरुले भकुण्डो बनाएको उल्लेख गर्दै अब पनि आफुहरूको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिए । 

उनले भने, ‘नयाँ ऐन बनाएको छैन । पुरानो ऐन अनुसार समिति बनाएर काम अघि बढाइएको थियो । सुरु भएको सात वर्षभित्र जुन सुरु हुने भनिएको जुन परियोजना हो । त्यसको सरुवात बल्ल १० वर्ष हुँदासम्म सुरुवात समेत भएको छैन । र बिचमा प्रत्येक सरकार फेरिने बित्तिक्कै जुन चलखेलको आशंकासहित बुढिगण्डकी आयोजनालाई भकुण्डो जस्तो बनाइँदैछ । त्यसले यो नबन्ने दिसातर्फ भएको हो कि भन्ने मेरो आशंका छ । त्यसैले म यसको महलकर्ताको नाताले मैले गोर्खा र धादिङका सांसदहरुसहितका चाहानाहरु समेत बुझेर मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको छु । माग पुरा नभए आन्दोलन गर्छौं ।’अहिलेको विद्युत प्राधीकरणअन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको संरचनाले उक्त आयोजना निर्माण गर्न नसक्ने उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार