मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुनसरीमा बस–माइक्रो ठोक्किँदा ४ को मृत्यु, २३ यात्रु घाइते

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् । 

दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।

घाइतेको विवरण :

१) अम्बिका राई, मोरङ सुन्दरहरैचा–९

२) निरुता परियार, खोटाङ रावावेसि–२

३) निर्मल परियार, ३८ वर्ष, खोटाङ

४) रबिन्द्र प्र. मण्डल, सप्तरी मन्धवे–६

५) रेनुका श्रेष्ठ, ५० वर्ष, उदयपुर चौदण्डीगढी–५

६) खगेन्द्र थापा, ३८ वर्ष, झापा शिवसतासी–५ (सामान्य)

७) सन्तोष खत्री, ५३ वर्ष, झापा भद्रपुर–९ (सामान्य)

८) दिपक बि.क., २० वर्ष, उदयपुर बेलस्रोत–१ (सामान्य)

९) सविन राई, ३६ वर्ष, इलाम चुलाचुलि–३ (सामान्य)

१०) रविन्द्र मेहता, सप्तरी धिकुति–६

११) जिवछ महात्मा, ६८ वर्ष, सप्तरी गोईठी–३

१२) नेत्रलाल गिरी, ८४ वर्ष, खोटाङ हलेसी तुवाचुङ–१० (सामान्य, डिस्चार्ज)

१३) केदार गिरी, अन्दाजी ३९ वर्ष, खोटाङ (सामान्य, डिस्चार्ज)

१४) सत्य राई, २० वर्ष, झापा अर्जुनधारा–१ (मध्यम)

१५) रुद्र राय, १० वर्ष, सप्तरी राजविराज–६

१६) सोभा यादव, ४८ वर्ष, मोरङ विराटनगर–१०

१७) प्रमोद रजक, ४४ वर्ष, सप्तरी राजविराज–१२ (सामान्य)

१८) रवि राय, २२ वर्ष, सप्तरी तिलाठी–५

१९) भोला यादव, २४ वर्ष, सप्तरी राजविराज–२ (मध्यम)

२०) प्रदिप यादव, अन्दाजी ३५ वर्ष, सप्तरी राजविराज तेतरी गाछी

२१) जोगिन्द्र दास (बाबा), ६० वर्ष, सुनसरी कोशी गा.पा.–६ (मध्यम)

२२) अमृता राय, ३० वर्ष, सप्तरी डाक्नेश्वरी–३ (मध्यम)

२३) सन्तोष बास्तोला, २१ वर्ष, सप्तरी राजविराज–४ (मध्यम, डिस्चार्ज, माईक्रोबस सह–चालक)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार