मुख्य समाचार
घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ |

मर्चवारको विकासको जिम्मा अब रास्वपाले लिन्छ : सभापति लामिछाने

जैसमोहम्मद खान 74+ समाचार ( )
२७ माघ २०८२, सोमबार

मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले रुपन्देही क्षेत्र नं. ४ (मर्चवार) को विकासको जिम्मेवारी अब आफ्नो पार्टीले लिने उद्घोष गर्नुभएको छ। सोमबार रुपन्देहीको ऐतिहासिक मर्चवारीदेवी मन्दिरमा दर्शन तथा पूजापाठपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले उक्त कुरा बताउनुभएको हो। मन्दिर परिसरबाटै उहाँले यो क्षेत्रको मात्र नभई समग्र देशको विकासका लागि रास्वपाको बहुमतको सरकार आवश्यक रहेको औँल्याउनुभयो।

सम्बोधनका क्रममा लामिछानेले भन्नुभयो, “यो क्षेत्रको विकासको जिम्मा अब रास्वपाले लिन्छ। रास्वपाको बहुमतको स्थायी सरकारले समग्र देशको विकासको जिम्मा लिनेछ।” उहाँले मन्दिरमा उभिएर आफूहरूले इमान्दारिताका साथ जनताको सेवा गर्ने प्रण समेत गर्नुभयो। “यही मन्दिरमा बसेर म प्रण गर्दछु कि हामी इमान्दारीका साथ नेपाली जनताको सेवा गर्नेछौँ, हाम्रो कुनै व्यक्तिगत लाभको उद्देश्य छैन,” लामिछानेले भन्नुभयो।

आगामी फागुन २१ गतेपछि नेपाल नयाँ युगमा प्रवेश गर्ने दाबी गर्दै उहाँले भन्नुभयो, “सिंगो नेपालको विकासका लागि यही मन्दिरबाट प्रण गर्दछौँ। अब नेपाल विकासको नयाँ युगमा प्रवेश गर्नेछ। फागुन २१ गतेपछि नेपालको नयाँ युगको इतिहास हरेक नेपालीले लेख्नेछन्।”धकधई र भैरहवा हुँदै मर्चवार पुग्नुभएका सभापति लामिछानेलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थितले रास्वपाप्रति जनताको आकर्षण र परिवर्तनको चाहनालाई स्पष्ट पारेको स्थानीय नेताहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार