मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पहिचानको मुद्दा कांग्रेसले मात्र सम्बोधन गर्न सक्छ : प्रदिप पौडेल

Ujyalosandeshonline 12431+ समाचार ( )
९ वैशाख २०८१, आइतबार

इलाम । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले निर्वाचनका मुखमा गठबन्धन गरेर आउने दलहरुलाई पराजित गर्न आब्हान गरेका छन् ।

आइतबार इलाम २ को उपनिर्वाचनका लागि घरदैलो अभियानमा सहभागी भएका नेता पौडेलले ०४८ यता नेकपा एमालेले एक्लै चुनाव लड्न नसकेको उल्लेख गरे । उनले किरात सभ्यता भनेको कुनै समूदायमा केद्रित नभइ नेपालको सभ्यता भएकाले सबैको अस्तित्व स्वीकार्न सक्नुपर्ने बताए ।

उनले भने,‘संस्कृति र सभ्यता सबै व्यक्तिको मौलिकता हो । हरेक व्यक्तिले आफ्नो मौलिकता सुरक्षित राख्न पाउनुपर्छ । किरात सभ्यता भनेको नेपालको सभ्यता र संस्कृती भएकाले यसका लागि कांग्रेस गम्भीर छ । सबैको अस्तित्व स्वीकारेर हिड्न कांग्रेस सँधै तयार छ ।’

२०७९ को निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर गल्ती गरेको उल्लेख गर्दै जनताले स्पष्ट मतदान गरेको बताए । बैशाख १५ को निर्वाचनमा डम्बर खड्का एक्लै मैदानमा रहेकाले स्पष्ट विचार भएको कांग्रेस पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैको पहिचान स्थापित गर्न ठूलो दल कांग्रेसले इलामबाट जित्नुपर्ने उनको भनाइ छ ।

‘इलामको समस्या बुझेको, सबै समूदायको पहिचान बुझेको र दशकौंदेखि इलामेली जनताको मनमा बसेको नेता डम्बर खड्का नै हुन । उनलाई विजयी गरेर पठाउँदा संघीय ससदमा पहिलो दल रहेको कांग्रेसले पहिचानलगातका मुद्दा सम्बोधन गर्न सक्छ,’ नेता पौडेलले भने । इलामको समृद्धिमा सघाउन कांग्रेसका उम्मेदवार एक्लै नभएको उल्लेख गरेका पौडेलले डम्बर खड्कालाई सिंगो पार्टीलाई साथ दिने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार