मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

म्याग्दी दुर्घटनाका मृतक कुमालको परिवारलाई चार लाख सहयोग

सुनिल जिआर 4+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

चापाकोट, स्याङ्जा । केही महिनाअघि म्याग्दीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौर निवासी स्वर्गीय खेमराज कुमालको परिवारलाई नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघ कास्की, नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघ गण्डकी प्रदेश र म्याग्दीको संयुक्त पहलमा चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ ।

उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रम चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले स्वर्गीय कुमालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभयो। उहाँले विभिन्न संघसंस्थाको समन्वयमा गरिएको यो सहयोग उदाहरणीय कार्य भएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल हेभी इक्विपमेन्ट अपरेटर संघका प्रतिनिधिहरूले स्वर्गीय कुमाल संघका सक्रिय सदस्य रहेको र उहाँको असामयिक निधनले संघलाई ठूलो क्षति पुगेको बताए । उनीहरूले दुःखको यस घडीमा परिवारलाई सानो भए पनि मल्हम लगाउने उद्देश्यले यो सहयोग संकलन गरिएको जानकारी दिए ।

सहयोग रकम प्राप्त गरेपछि स्वर्गीय कुमालका परिवारले दाताहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनीहरूले दुःखको यस घडीमा प्राप्त भएको यो सहयोगले ठूलो राहत मिलेको बताएका छन् । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, स्थानीय बुद्धिजीवीहरू, संघका पदाधिकारी तथा सदस्यहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार