मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राष्ट्रिय सभा उम्मेद्वार चयनबारे दुई कांग्रेस नेताको असहमति

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता बल बहादुर केसी र अर्जुन नरसिंह केसीले राष्ट्रियसभाको उम्मेद्वार चयनबारे फरक मत राखेका छन् ।

सोमबार दिउँसो एक विज्ञाप्ति जारी गर्दै उनीहरुले उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएको भन्दै राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएको जनाएका हुन् ।

उनीहरुले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्नेवारे कांग्रेस केन्द्रीय कार्यसमितिले पौष १४ गते गरेको निर्णयले व्यवस्थालाई ठाडो उल्लंघन र पार्टीको संस्थागत निर्णयप्रति अविश्वसनीय खडा गरेको बताए ।

संसदीय बोर्डले विधानअनुसार पूर्णता पाउनु उम्मेद्वार छनोटको अनिवार्य वैधानिक सर्त भएतापनि त्यसमा पूर्णता नपाएको भन्दै यसबाट प्रक्रियागत गम्भीर त्रुटी र स्वेच्छाचारिता स्पष्ट देखिएको पनि उनीहरुको भनाई छ ।

यस्तै, समग्र मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन, विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको र समावेशिताको सवैधानिक सिद्धान्तलाई उल्झन गरिएको पनि उनीहरुको भनाई छ । गठबन्धनबाट कांग्रेसको १० सिट भागमा परेको थियो । लामो रस्साकस्सीपछि पार्टी पदाधिकारीहरुले सानेपास्थित कार्यालयमा मध्यरातसम्म बसेर उम्मेदवारको टुंगो लगाएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार