मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

प्रतिनिधिसभाः सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Ujyalosandeshonline 12673+ समाचार ( )
१२ अशोज २०८३, सोमबार

काठमाडौँ । प्रतिनिधिसभाले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको हो । प्रस्ताव प्रस्तुत गर्दै मन्त्री मेहताले मातृत्वमा गरिएको लगानी राज्यको भविष्य माथिको लगानी गरिएको बुझ्नुपर्ने बताउनुभयो । तसर्थ उहाँले सुत्केरीका लागि व्यवस्था गरिएको ६ महिनाको बिदा सरकारी र निजी क्षेत्रमा समान रुपमा लागु हुने बताउनुभयो । 

मन्त्री मेहताले भन्नुभयो, “मातृत्वको विषय कुनै क्षेत्र, पेशा, वा सेवामा सीमित विषय होइन, यो महिलाको स्वास्थ्य र समग्र स्वास्थ्य क्षेत्रको अवस्थासँग जोडिएको छ ।” यसअघि उक्त प्रस्ताव माथिको छलफलमा भाग लिँदै सांसद भरत गिरीले आमाको जीवन, नवजात शिशुको भविष्य र राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएकाले विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद पुकार बमले सुरक्षित मातृत्व केवल महिलाको विषय मात्रै होइन, परिवार, राज्य र राष्ट्रको भविष्यसँग जोडिएको विषय रहेको बताउनुभयो । सांसद बलावती शर्माले ६ महिना सुत्केरी बिदा र ४२ दिन पुरुष कर्मचारीलाई प्रसुती स्याहार बिदा दिने व्यवस्थाको प्रभावकारी कार्यान्व्यनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । सांसद रन्जु न्यौपानले प्रसुती स्याहारको बिदा पाउने पुरुषले महिलामाथि हिंसा गरे वा स्याहार नगरेमा कानुनी कारवाहीको व्यवस्था समेत विधेयकमा किटान गरिनुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरु राधिका रम्तेल, समिना मिया, रुविना आचार्य, समिक्षा बास्कोटा, टुकाभद्रा हमाल, आकृति अवस्थी, ज्ञानेन्द्रसिंह महता, खुश्बु ओली, पुष्पाकुमारी चौधरी, गोविन्द पन्थी, सुम्नीमा उदास, साजिदा खातुन सिद्धिकी, सरस्वती लामा, अम्बिकादेवी सङ्ग्रौला, कुलभक्त शाक्य, ज्ञानु पौडेल, प्रेमबहादुर बयक, गणेश कार्की, डा ओजस्वी शेरचन, रिङ्गला यादव, गुरुप्रसाद बराल, बदनकुमार भण्डारी, एशुदाकुमारी बराल, भीमकुमारी बुढामगर र रत्नकुमारी थापाले विधेयक माथिको सामान्य सैद्धान्तिक छलफलमा  भाग लिँदै आ–आफ्ना धारणा राख्र्नुभएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार