मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

ओमसतियाका महिलालाई सिलाइकटाइ मेसिन वितरण

Ujyalosandeshonline 11564+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

भैरहवा । ओमसतिया गाउँपालिकाको कार्यालयले महिलाहरुलाई उद्यमशिल बनाउनका लागि सिलाइ मेसिन लगायतका सामग्री उपलब्ध गराएको छ। ‘गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्र्तगत महिलालाई व्यवसायसँग जोडेर आयआर्जन बृद्धिका लागि उद्यमशिल बनाउने उद्देश्यसहित सिलाइ मेसिन उपलब्ध गराईएको गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरीले जानकारी दिईन्।

‘‘सीपमुलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलाहरुलाई व्यवसायसंग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्नसक्छन, उनले भनिन्, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेशामा जोड्न सहज हुने भएकाले पनि सिलाई मेसिन उपलब्ध गराईएको हो ।’’

सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जिविकोपार्जनमा जोडिन चाहाने १० जना महिलाहरुलाई वडाबाट छनौट गरि मेसिन उपलब्ध गराईएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता बर्षा भण्डारीले जानकारी दिए। गाउँपालिकाको उक्त कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने मात्र नभई उनीहरूको सीप र क्षमतालाई व्यवसायिक रूप दिन महत्वपूर्ण भूमिका खेलिरहेको स्थानीयको भनाई छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार