मुख्य समाचार
लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान |

लुम्बिनीबाट नक्कली नेपाली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ

Ujyalosandeshonline 11517+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नेपाली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नक्कली नोट छाप्ने कार्यमा संलग्न रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर नौगढ निवासी ३८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन्। प्रहरीका अनुसार उनीहरूले सो क्षेत्रमा लामो समयदेखि नक्कली नेपाली नोट छापेर बजारमा पठाउने गरेको आशंका गरिएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नक्कली नोट उत्पादन गर्न प्रयोग गरिने विभिन्न उपकरण र सामग्रीहरू समेत बरामद गरेको छ।

बरामद गरिएका सामग्रीहरूमा नक्कली नोट छाप्न प्रयोग गरिएको एउटा कम्प्युटर सेट (सिपियु र मोनिटर), एउटा प्रिन्टर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल र नोट काट्न प्रयोग गरिने एउटा कैँची रहेका छन्। यसैगरी प्रहरीले उनीहरूको डेरा वा कार्यस्थलबाट छापिएका र छाप्न बाँकी अवस्थामा रहेका नक्कली नेपाली नोटहरू समेत फेला पारेको छ। बरामद गरिएका नोटहरूमा एउटै नम्बर ‘ङ २५ ०२४९१२’ भएका पाँच सय रुपैयाँ दरका ३० थान तयारी नक्कली नोट रहेका छन्।

यसका साथै १००, ५०० र १००० रुपैयाँ दरका काट्न बाँकी अवस्थामा रहेका ७ थान प्रिन्टेड पेपरहरू समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले अभियुक्तहरूलाई हिरासतमा राखेर मुद्रा सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। यो गिरोहमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंकामा प्रहरीले छापा मार्ने र सोधपुछ गर्ने कार्यलाई तीव्र पारेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार