मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘रुपन्देहीको विकासलाई प्रमुख प्राथमिकता दिएका छौँ’

रासस 550+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रूपन्देहीको विकासलाई प्रमुख प्राथमिकता राख्दै योजना कार्यान्वयन गर्ने बताउनुभएको छ । निर्वाचन क्षेत्रमा आज निर्वाचन परिचालन समिति कार्यालयको उद्घाटन गर्दै उहाँले मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गर्नुभयो ।

उहाँले भौतिक पूर्वाधारका साथै सामाजिक, मानवीय विकाससँगै शिक्षा, स्वास्थ्य र रोजगारी सृजना आफ्नो प्रमुख प्राथमिकता रहने उल्लेखगर्नुभयो । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं २ बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले यस क्षेत्रको भौतिक विकास देशका लागि सिकाइको नमूना बन्ने बताउनुभयो । उहाँले आगामी दिनमा नागरिकको आयस्तर वृद्धि हुने किसिमका आयोजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

निर्वाचन परिचालन कार्यालयको औपचारिक उद्घाटनसँगै एमाले नेता भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा ९०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा राजु गुरुङ रहनुभएको छ । निर्वाचन परिचालन समितिका संयोजक श्रेष्ठले रूपन्देहीको सुकुम्बासी समस्या समाधान गर्न एमाले सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार