मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मुम्बई क्राइम ब्रान्चले लियो सलमान र अरबाजको बयान

Ujyalosandeshonline 12437+ समाचार ( )
३१ जेठ २०८१, बिहीबार

काठमाडौं । मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ । 

सलमानले बयानमा आफ्नो घरमा लरेन्स विश्नोई गिरोहले गरेको गोलाबारी घटनालाई लिएर आफ्नो परिवारको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका छन् । खानलाई बुधबार मुम्बई क्राइम ब्रान्चले घटनाबारे बयान दिन बोलाएको थियो । एक अधिकारीका अनुसार क्राइम ब्रान्चका चार अधिकारी यसै महिनाको सुरुआतमा सलमान बस्ने बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट पुगेका थिए ।

ती अधिकारीका अनुसार गत जून ४ मा पनि प्रहरीले सलमानसँग करिब ४ घण्टा बयान लिइएको थियो । त्यस्तै दुई घण्टा बढी समयसम्म अरबाजको बयान लिइएको थियो । ‘गोलाबारीको यो घटना हाम्रो लागि एक गम्भीर खतरा हो । फायरिङ पछि मैले आफ्नो ग्यालरीमा चेक गरे । तर बाहिर कोही देखिनँ । केही समय पछि भवनको सुरक्षा गार्डहरुले मलाई यो घटनाबारे जानकारी दिए । मलाई यस किसिमको अपराधका लागि निशाना बनाउनुको कारणबाट म चिन्तित र थकित छु । मैले यसअघि पनि यस्तो घटना झेलेको छु र कैयौं अदालतले लगाएको सजाय पनि भोगिसकेको छु’, सलमानले भनेको कुरा ति अधिकारीले उल्लेख गरेका छन् ।

सलमानको अपार्टमेन्ट बाहिर गत अप्रिल १४ मा मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएका थिए । यो गोलाबारी घटनालाई लिएर प्रहरीले आरोपी सुटर विक्की गुप्ता र सागर पाललाई गुजरातबाट पक्राउ गरेको थियो । प्रहरीले यो घटनाको पछि लरेन्स विश्नोईको हात रहेको आशंका गरेको छ । यो मामलमा ६ जना पक्राउ परिसकेका छन् । तीमध्ये एक अनुज थापनले एक मेमा प्रहरी हिरासतमा आत्महत्या गरेका थिए ।

प्रहरीका अनुसार गिरोहका चार सदस्यले बान्द्रामा सलमानको घर आसपासको इलाका पनवेलमा उनको फार्महाउसको रेकी गरेका थिए । उनीहरु सलमान खान सुटिङ गर्ने स्थानमा पनि पुगेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार