मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

आन्तरिक राजस्व कार्यालय भैरहवाद्वारा ११ महिनामा ११ अर्ब बढी राजस्व संकलन

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ असार २०८२, सोमबार

भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) ११ अर्ब ४४ करोड ९८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा यो वर्षको ११ महिनामा उक्त रकम २३ प्रतिशतले बढी अर्थात २ अर्ब १४ करोड ३० लाख ८५ हजार रुपैयाँ बढी संकलन भएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले बताए।

आर्थिक गतिविधिमा वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, अर्थतन्त्रका सूचकहरुमा देखिएको सुधार, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारीता, परिणाममुखी करदाता शिक्षा, नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गर्नेहरुमाथिको अनुसन्धान जस्ता कारणले राजस्व संलन गत वर्षको तुलनामा वृद्धि भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए।

उनका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८६.१ प्रतिशत राजस्व संकलन गरिसके छ । असार महिनामा लक्ष्य अनुसार राजस्व संकलनमा सफलता प्राप्त हुने कार्यालयको अपेक्षा छ ।कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा आयकरतर्फ १ अर्ब ३४ करोड ८४ लाख ३२ हजार, अन्तःशुल्कमा ८ अर्ब ११ करोड २२ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १ अर्ब करोड ८२ करोड ५ लाख ३ हजार, ब्याज करमा ७ करोड ८१ लाख ८० हजार, बहाल आयकरमा ५ करोड ३ लाख ७ हजार, स्वास्थ्य सेवा करमा ३ करोड ५२ लाख ४० हजार, शिक्षा सेवा शुल्कवापत १८ हजार तथा अन्य शिर्षक करमा ४८ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय भैरहवाले प्रत्येक महिना शतप्रतिशत राजस्व संकलन गर्न नसकेता पनि चालु आर्थिक वर्षको ११ महिनामध्ये भदौ, असोज, फागुन, वैशाख र जेठमा राजस्व विभागद्वारा तोकिए अनुसारको राजस्व संकलन गरेको छ। अन्य महिनामा पनि ८० प्रतिशतभन्दा माथि राजस्व संकलन भएको प्रमुख पोख्रेलले बताए।

कार्यालयले जेठ महिनामा विभागले दिएको १ अर्ब २४ करोड ४४ लाख ४२ हजार रुपैयाँ असुली लक्ष्यमा १ अर्ब ४४ करोड २३ लाख हजार रुपैयाँ संकलन गरेको छ। यो जेठ महिनाको लक्ष्यको करिब १६ प्रतिशत बढी हो ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ११ र १२, लुम्बिनी साँस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार