मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

घरघरमा खानेपानीको धारा पाउँदा सोरुगाउँपालिकाका स्थानिय खुसी

Ujyalosandeshonline 11564+ समाचार ( )
१० मंगशिर २०८१, सोमबार

मुगु । मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १ सय ३७ घर परिवारका स्थानिय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन् ।  

खानेपानीको समस्यालाई समाधान गर्दै सोरुगाउँपालिकाको सहजीकरण ,ब्याक टु लाईफ ई.भी. र्जमनिको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास केन्द्र मुगुको प्राबिधिक सहयोग तथा साझोदारीमा सन्चालन स्वास्थ्य शिक्षा तथा समुदायमा प्रवर्धन परियोजनामा मार्फत स्थानिय नागरीकहरुले एक घर एक धारा खानेपानी पाएका हुन् । 

ख्याल्च, सिरुपाट, गोयलपानि गाँउमा बस्दै आएका १ सय ३७ घर परिवारका स्थानियबासीहरु जन्मजातदेखी खोलाको पानि खाँदै आईरहेका थिए । हिउँदमा धुलो बर्खामा हिलो संगही गाँउदेखी आधा घण्टा टाढा रहेको खोला, नाउला, पहराको पानि खाँदै आएको स्थानिय बासीलाई निकै दुख भएको स्थानिय छिता बुढाले  बताईन् ।

उनले भनिन्, ‘यही खोला, नाउलाको पानि खाँदा धेरै रोगले अकालमा धेरै जनाको ज्यान जाने गएको थियो, नियमित सरसफाईका त कुरै पर जाउन्, दैनिक घरमा खाने पानि ल्याउन बस्तु भाउलाई पानि खुवाउँदै हामी महिलाहरुको आधा जिन्दजी पानिको जोहो गर्दै गइरहेको थियो । अहिले स्थानिय सरकार संघ सस्थाको पहलमा घरघरमा खाने पानिका धारा पाउँदा समयको बचत हुने, नियमित सरसफाई गर्नुका साथैं तरकारी खेति गर्न पनि सहज भएको छ । बिगतका खानेपानिको दैनिक सबै पिरले हटेपछि हिजो आज सहज रुपमा खानेपानिका धारा चौबिसैं घण्टा प्रयोग गर्न पाउँदा निकै खुसी भएको छ ।’

साथै सोरुगाँउपालिका मुगुको वडा नम्बर ७ मा रहेको ख्याल्च खानेपानी आयोजनाको कुल लागत ३६ लाख ४५ हजार ७५ रुपैयाँ , सिरुपाटा खानेपानी आयोजनाको कुल लागत ३२ लाख ८७ हजार ९ सय ३५ रुपैयाँ, गोयलपानी खानेपानी आयोजनाको कुल लागत ३८ लाख ८६ हजार ९ सय ३५ रुपैयाँ गरी जम्मा १ करोड ८ लाख १९ हजार ९ सय ४५ रुपैयाँको लगानिमा ख्याल्चा गाँउका ७५ घर, सिरुपाटा २२ घर र गयालपानिका ३५ घर गरी जम्मा १ सय ३५ घरमा सुरक्षित खानेपानीको धारा  निमार्ण गरी हस्तान्तरण गरिएको हो ।

यो खानेपानी आयोजना घरघरमा खानेपानीको धारा बनेर मात्र नभैइ यसको संरक्षणमा स्थानीय बासिहरुले बढी ध्यान दिएर दिगो राख्नुपर्ने सोरुगाँउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार