मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले भोटेकोशी नदीमा आएको बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २४ लाख १७ हजार नौ सय सहयोग रकम जम्मा गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्यासित बाढीका कारण रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो जनधनको क्षति भएपछि पालिकाले सो सहयोग रकम उपलब्ध गराएको हो।

गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीद्वारा हस्ताक्षरित अपिलअनुसार पालिकाको विपद् व्यवस्थापन कोषबाट रु. पाँच लाख, जनप्रतिनिधिहरूबाट रु. दुई लाख १८ हजार नौ सय, कर्मचारीहरूबाट रु. आठ लाख २५ हजार र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट रु. आठ लाख ७४ हजार सङ्कलन गरी सो रकम कोषमा जम्मा गरिएको छ।

नागरिकको दुःखमा मलम लगाउनु स्थानीय सरकारको पहिलो कर्तव्य भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष यादवले विपद्का बेला जनताको सेवामा सधैँ समर्पित र तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकाले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार