मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मर्चवार शीतभण्डार निर्माणका लागि प्रदेश पुगे सहकारीकर्मी

Ujyalosandeshonline 11566+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

मर्चवार । निर्माणाधीन अवस्थमा अलपत्र रहेको शीत भण्डारकालागि बजेट माग गरिएको छ । मर्चवार क्षेत्रको गौरवको रुपमा रहेको सम्मरीमाई ४ स्थित उक्त शीतभण्डार निर्माण कार्य अगाडी बढाउन सहकारीकर्मी लुम्बिनी प्रदेश सरकारसंग बजेट माग गर्न मुख्यमन्त्री तथा कृषि मन्त्रालय पुगेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव एमनारयाण देवकोटालाई बजेट माग गर्न पुगेको संयुक्त टोलीलले बजेट माग सहितको ज्ञापन पत्र बुझाएको रुपन्देही बचत तथा ऋण सहकारी संघका सल्लाहकार तथा श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक कुमार त्रिपाठीले बताए ।  

२५ प्रतिशत मर्चवार क्षेत्रका १४ वटा स्वावलम्बन तथा ७५ प्रतिशत लुम्बिनी प्रदेश सरकारले लगानीमा निर्माणाधीन अवस्थामा रहेको उक्त शीत भण्डार मर्चवारका किसानहरुको धरोहरको रुपमा लिइएको थियो । करीब २ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त शीत भण्डार प्रति उदाशिनता बढदै गएको छ । २०७६ साल साउन ९ गते तत्कालीन लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेल, तत्कालीन प्रदेश सभा सदस्य द्वय अष्टभुजा पाठक तथा सुनिता ठठेरद्वारा शीलन्यास गरिएको थियो ।

सुरुको लागत अनुमान अनुसार ४ करोड ४३ लाखमा उक्त शीत भण्डार निर्माण हुने ठेक्का भएको थियो । मर्चवारका १४ वटा स्वावलम्बन मध्ये हाल श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था, श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मर्चवादेवी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा निर्माण प्रकृया अगाडी बढाउन बजेट माग गरिएको श्री भवानी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारीले बताए । ३५ प्रतिशत काम सकिएको उक्त भण्डारको पुनः लागत अनुमान गरी बजेट बिनियोजन गर्ने प्रदेश सरकारबाट आश्वासन पाइएको ब्यवस्थापक तिवारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार