मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

झापा गोल्डकपः ए डिभिजनसहित १० टिम सहभागी हुने

Ujyalosandeshonline 11540+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

विराटनगर । आसन्न छैटौँ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने टिमको नामावली सार्वजनिक गरिएको छ । खेल हुने स्थान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित एक कार्यक्रममा टिमको नामावली सार्वजनिक गरिएको हो ।

त्यस्तै, सोही कार्यक्रममा प्रतियोगिताका विजेताले प्राप्त गर्ने च्याम्पियन ट्रफी पनि सार्वजनिक गरिएको छ । झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको छ । झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।

छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने अध्यक्ष बस्नेतले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्डकप खेल्ने पक्का भएको अध्यक्ष बस्नेतले बताए ।

ट्रफी र टिम सार्वजनिक कार्यक्रममा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार