मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सुनचाँदी व्यवसायी संघद्वारा रुपन्देही प्रहरीलाई साइकल हस्तान्तरण

Ujyalosandeshonline 12431+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

भैरहवा । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले रुपन्देही प्रहरीलाई साइकल हस्तान्तरण गरेको छ । सोमबार संघले भैरहवामा आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टलाई साइकल हस्तान्तरण गरेको हो ।

द्धार्थनगर सुनचाँदी व्यवसायी संघका सतिश कुमार कौसल (दीपक) ले सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न नागरिकको भूमिका महत्वपूर्ण रहने बताए । उनले सुरक्षा बिना विकास हुन नसक्ने बताए ।

उनले भने, ‘जिल्ला प्रहरी कार्यलयले यस नगरको आर्थिक गतिविधि हुने क्षेत्रको सुरक्षालाई लक्षित गरी बनाइएको गस्ती टोलीलाई साइकल हस्तान्तरण गरेको छ । सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न र विशेष गरी आर्थिक कारोबार हुने क्षेत्रमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न यो गस्ती टोली सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीएसपी भट्टले संघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई नागरिकको सहयोग अपरिहार्य रहेको बताए ।

विशिष्ट अतिथि रुपन्देही सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष गोपाल रामदामले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई सहयोग पुग्ने गरी नागरिकको साथ आवश्यक रहेको बताए । संघका निवर्तमान अध्यक्ष प्रकाश मणि रामदाम संघले सामाजिक उत्तरदायित्व अन्तगत विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको बताए ।

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका सतिश कुमार कौसल (दीपक) को अध्यक्षता, सचिव मिलन विश्वकर्माको स्वागत तथा महासचिव सुनिल सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार