मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

यू–१९ विश्वकपमा भारत विजयी

Ujyalosandeshonline 12431+ समाचार ( )
६ माघ २०८०, शनिबार

काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको हो ।

भारतले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । जवाफमा बंगलादेशको टिम ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो ।

पहिला ब्याटिङ गर्दा भारतका आदर्श सिंहले सर्वाधिक ७६ रनको पारि खेल्दा उदय शरणले ६४ रन बनाएका थिए । यस्तै सचिन दासले नटआउट २६ रन बनाउँदा आर्भेले अभिनास र प्रियान्सु मोलियाले २३–२३ रन बनाए । बंगलादेशका मारुफ मरिदाले सर्वाधिक ५ विकेट लिए ।

२५२ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४५.५ ओभरमा सवै विकेट गुमाएर १६७ रनमा समेटियो । बंगलादेशका लागि मोहम्मद सिहाव रोबीले ५४ रनको अर्धशतकीय पारि खेल्दा अरिफुल इस्लामले ४१ रन बनाए । शेख पभेज जिवोन १५ तथा अशिकुर रहमान र जिसन आलमले १४–१४ रन बनाए । भारतका सौम्य पाण्डेले ४ विकेट लिँदा मुसेर खानले २ विकेट लिए । समूह एमा भारतले पनि २ अंक जोडेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार