मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार युरोप जाँदैछिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ ।

उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ । सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ ।

उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन (ईयू)का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार