मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

काभ्रेको चौँरी देउरालीमा स्काउटको अभिमुखीकरण

Ujyalosandeshonline 12676+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

रामेछाप । काभ्रे जिल्लाको चौँरी देउराली गाउँपालिकामा पालिका स्तरीय विद्यालय केन्द्रित स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट वाग्मती प्रदेशको आयोजनामा कात्तिकै देउराली स्थिति नमुना श्री प्रभा माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । गाउँपालिका शिक्षा शाखा प्रमुख कालीप्रसाद पाण्डेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्काउटको बारेमा सरोकारवालालाई अभिमुखीकरण गरिएको एडभान्स स्काउट लिडर राज मैनालीले जानकारी दिए । 

वाग्मती प्रदेश स्काउट प्रमुख आयुक्त शिवकुमार तोयना, एडभान्स स्काउट लिडर एवं स्थानीय स्काउट परिषद् सुनापति गाउँपालिका रामेछापका प्रमुख आयुक्त राज मैनाली, एडभान्स लिडर इन्द्रमणि दाहाल लगायतले स्काउटका विभिन्न पक्षको बारे जानकारी गराएका थिए । 

कार्यक्रममा पालिका भित्रका विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू लगायतको सहभागिता थियो । कार्यक्रममा स्काउटको पद्धति, स्काउटका क्रियाकलाप, महत्त्व र उपयोगिता, स्काउटका केन्द्र, प्रदेश र स्थानीय संरचना तथा विद्यालय संरचनाका बारे जानकारी दिइएको मैनालीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार