दलित पत्रकार संघ लुम्बिनीको सातौँ स्थापना दिवसमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11543+ समाचार ( )
२८ पौष २०८२, सोमबार

अर्घाखाँची । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। ‘लोकतन्त्रको मूल आधार समावेशिता, निष्पक्षता र तथ्यमा आधारित पत्रकारिता’ भन्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा दलित पत्रकारहरूको भूमिका, चुनौती र भावी कार्यदिशाबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले लोकतन्त्र सुदृढीकरणमा समावेशी पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने भन्दै दलित पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिक स्वतन्त्रतामा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले प्रेस स्वतन्त्रताको जिम्मेवारीपूर्वक प्रयोग गर्दै मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो।

संघका लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता र बिक्रम नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राधा नेपाली, ठाकुर कुमार विक, विष्णु परियार लगायतका वक्ताहरूले दलित पत्रकारको पेसागत सुरक्षा र नेतृत्व विकासमा जोड दिएका थिए। सोही अवसरमा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार